काठमाडौँ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५।६९७५ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर असार महिनामा ५।९०२ प्रतिशत विन्दु रहेको थियो ।
ब्याजदर घटाउने बैंकहरुमा प्रभु बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।






