काठमाडौं ।

आर्थिक वर्ष २०८-०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएर गत वर्षको तुलनामा राजस्व संकलन १ खर्ब २० अर्बले बढेको छ ।
अघिल्लो आर्थिक वर्षको भन्दा यो १ खर्ब २० अर्ब बढी हो । अर्थात् ११.३३ प्रतिशत वृद्धि हो ।
आर्थिक वर्ष २०८०-०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१-०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।
चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ ।
आर्थिक वर्ष २०७१-०७२ मा ४ खर्ब ५ अर्ब, २०७२-०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३-०७४ मा ६ खर्ब ९ अर्ब, २०७४-०७५ मा ७ खर्ब २६ अर्ब, २०७५-०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।
त्यसैगरी २०७६-०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७-०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८र०७९ मा १० खर्ब ६६ अर्ब, २०७९-०८० मा ९ खर्ब ५७ अर्ब र २०८०-०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।






