बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठनसँगै नियुक्त भएका पाँच जना मन्त्रीले सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्दै नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्रीलाई सरकारमा समावेश गरिएको हो।
पुनर्गठित मन्त्रिपरिषद्अनुसार तुलसीप्रसाद चौधरी लाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री तथा रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्।
यस्तै, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर लाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारलाई थप प्रभावकारी र गतिशील बनाउने अपेक्षा गरिएको छ। नयाँ मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रदेश सरकारका प्राथमिकताका कार्यक्रमलाई अघि बढाउने बताएका







