काठमाडौँ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यप्रणाली र जिम्मेवारी पालनबारे मन्त्रिपरिषद्ले तीन सदस्यीय समिति गठन गरेको छ । योसँगै सँगै उनी निलम्बित भएका छन्। पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा बनेको समितिले ओझामाथि लगाइएका आरोपहरूको छानबिन गर्नेछ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले बीमा ऐन २०७९ को व्यवस्था अनुसार छानबिन समिति गठन गरेको हो। समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला पनि सदस्य रहेका छन्। ऐनको दफा १२ को उपदफा ३ अनुसार, छानबिन समिति गठन भएमा सम्बन्धित अध्यक्ष वा सदस्य स्वतः निलम्बित हुने व्यवस्था छ।
सरकारले ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। उनमाथि फर्जी कागजात पेश गरी नियुक्ति लिएको आरोप लागेको छ । यस बिषयमा सर्वोच्च अदालतमा रिट दर्ता छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि अनुसन्धान भईरहेको छ ।






