जलस्रोतमा सिन्धुपाल्चोक जिल्ला निकै धनी छ । जुगल हिमशृङ्खलाबाट निरन्तर झर्झर-झर्झर निर्झरीहरूबाट, यहाँका जलसम्पदाबाट राष्ट्रले मनग्गे राहत पाउन सक्ने प्रशस्त सम्भावनाहरू छन् । सिन्धुपाल्चोक एक्लैले देशका अरू ७६ जिल्लालाई उज्यालो दिन सक्छ । यस जिल्लाको मेलम्ची खोलाले मात्रै राजधानीका करिब ८० लाख मान्छेलाई खानेपानीले सन्तुष्ट गराइरहेको छ । अथाह जलस्रोतको भण्डार सिन्धुपाल्चोक जिल्ला प्राकृतिक दृष्टिकोणले पनि निकै मानवोपयोगी एवम् सुन्दर छटाहरूले भरिपूर्ण छ । यस जिल्लामा जलसम्पदाका मात्रै सयौँ कुण्ड, ताल पोखरी खाेलानालाहरू छन् । केही विवरण हेरौँ :
• मुख्य नदीहरू : भोटेकोसी (बाह्रबिसेसम्म भोटेकोसी त्यसपछि सुनकोसी नाम), ब्रह्मायणी (बलेफी), इन्द्रावती र मेलम्ची (मेलम्ची र इन्द्रावती दुवै नदीहरू मेलम्ची बजारको सङ्गमस्थलबाट संयुक्त नाम इन्द्रावती) गरी मुख्य चार नदीहरू छन् । अहिले मेलम्ची नदीको पानी सुरुङमार्गद्वारा राजधानीमा लगिएको छ ।
• सहायक खोलाहरू : हिउँद-बर्से सहायक खोलाहरूमा कर्थली खोला, काउले खोला, कालिका खोला, कुबिन्डे खोला, खाग्दल खोला, खाल्डे खोला, गोलाङ खोला, गोहेरे खोला, गुल खोला, ग्युङ्गर खोला, घट्टे खोला, चाकु खोला, चित्रे खोला, चिसापानी खोला, छाती खोला, छहरे खोला, छेपारे खोला, छ्याङ्गसिङ खोला, जर्के खोला, झ्याँडी खोला, टुसर खोला, ठाडे खोला, ठोकर्पा खोला, ढुँडे खोला, ढाँगा खोला, ढाँड खोला, ढाँडे खोला (भैरव कुण्ठवाट निस्केर दुगुना यारमार्सिग हुँदै आउने), ताँगु खोला, तार्तुङ खोला, तिपेनी खोला, तिम्बु खोला, तौथली खोला, दावी खोला, धाप खोला, नहर खोला, नेसम खोला, पतेरी खोला, पाखर खोला, पाङताङ खोला, फादुङ खोला, बराम्ची खोला, फल खोला, बोक्से खोला, भैरवकुण्ड खोला, भोटेनाम्लाङ खोला, महादेव खोला, याङ्ग्री खोला, रिवाल खोला, लप्से खोला, लार्के खोला, साबुखाने खोला, सिन्धु खोला, सिपा खोला, सुनकोसी खोला, सेलाङ खोला, हाँडी खोला, आदि छन् ।
• कुण्ड, ताल, पोखरी र छहरा : पाँचपोखरी, गुन्यु ताल, गुम्बा ताल, ढुकुपोखरी, दुधकुण्ड, धुपकुकुण्ड, नौलिङ्गकुण्ड, भैरवकुण्ड, भुत्तेपोखरी, राक्सेपोखरी, रैथानेपोखरी, सूर्यकुण्ड, आदि छन् । त्यस्तै काङलाङको छहरा, ग्युङ्गर झर्ना, टोप्के झर्ना, तातोपानी छहरा, भुत्तेछाङो, ममदुङ झर्ना, लिदी नजिकको छहरा (१०७ मि.), गुम्छ्यालपश्चिम ब्रह्मायणीको शाखानदीको छहरा (१७१ मि.), भैरवकुण्डस्थित खोलाको छहरा (१९८ मि.), महभीर झरना (त्रिपुरासुन्दरी) आदि प्रमुख छहराहरू हुन् ।
जलविद्युत योजना
सरकारी :
सिन्धुपाल्चोक जिल्ला जलसम्पदामा सम्पन्न छ । यहाँ झन्डै चार दर्जनको सङ्ख्यामा जलविद्युत आयोजनाहरू छन् । बेलायतको सहयोगमा १९६३ सालमा दक्षिण एशियाकै पहिलो विद्युत उत्पादन गर्ने राष्ट्र नेपाल भएको इतिहास छ । त्यतिबेला चन्द्र शमसेर महाराजको बेलायती शासकसँग राम्रो सम्बन्ध स्थापित गरेको कारणबाट बेलायती सरकारको सहयोगमा झन्डै ११३ वर्ष अगाडि फर्पिङमा ५०० किलोवाट र सुन्दरीजलमा ९०० किलोवाट विद्युत उत्पादन गराउन सकेको इतिहास छ । तत्पश्चात् सोभियत सङ्घको सहयोगमा काभ्रे जिल्लाको पनौतीमा २५०० किलोवाट अर्थात २.५ मेगावाट क्षमताको विद्युत केन्द्र बनाउन सहयोग भएको इतिहास छ । त्यस्तै सोभियत सङ्घपछि चीनको सहयोगमा यस जिल्लाको पहिलो जलविद्युत आयोजना सुनकोसीको क्षमता १० हजार ५ सय किलोवाटको छ । सुनकोसी जिल्लाकै पहिलो जलविद्युत आयोजना (सरकारी) हो । यसको उद्घाटन तत्कालीन श्री ५ वीरेन्द्रवीरविक्रम शाहले २०२९ सालमा गरेका थिए । सुनकोसी जिल्लाको पहिलो तथा देशकै तेस्रो जलविद्युत आयोजना हो ।
निजी :
त्यस्तै निजी क्षेत्रमा पनि बिजुली निकाल्ने प्रयास भए । सुनकोसीको आयोजनापछि पिताम्बर भण्डारीले किउलमा घट्टबाट बिजुली निकालेर बालेका थिए । विद्युत ऐन २०४९ बनिसकेपछि निजी क्षेत्रलाई सहभागी गराउन थालिएको इतिहास छ । विद्युत ऐन, २०४९ को विधेयक संसदबाट पास भएको गजेटमा प्रकाशित सूचनाका आधारमा ठोकर्पाका कृष्णप्रसाद भण्डारीले इन्द्रावती नदीमा पहिचान भएको पहिलो पटक ५ मेगावाटको लागि निजी क्षेत्रबाट सम्भाव्यता अध्ययन गरी लगानी गर्न दरखास्त हालेका थिए । त्यो नै निजी क्षेत्रको (प्राइभेट) पहिलो कम्पनी थियो । जिल्लामा निजी क्षेत्रको पहिलो जलविद्युत आयोजना ७ हजार ५ सय किलोवाटको नेस्नल हाइड्रो पावर कम्पनी लि. इन्द्रावती तेस्रो हो । बाह्रबिसेका जीतबहादुर श्रेष्ठको लगानीमा सम्पन्न यो आयोजनाको अभियन्ता ठोकर्पाका कृष्णप्रसाद भण्डारी हुन् । यस आयोजनाको शिलान्यास २०५४ सालमा भएको थियो भने २०५७ सालमा बत्ती बलेको थियो । निजी क्षेत्रको मध्यभोटेकोसी जलविद्युत आयोजना जिल्लाका जलविद्युत आयोजनामध्ये सबैभन्दा बढी क्षमताको आयोजना हो । यो आयोजना २०६९/०७० बाट सुरु र २०८१/०८२ मा पूरा भएको हो । यसको उत्पादन १०२ मेगावाट छ । अहिले काम सम्पन्न भएका, काम भइरहेका, काम हुने निश्चित भएका आयोजनाको नाम र क्षमता के कति छन् तलको तालिका हेरौँ :
सिन्धुपाल्चोक जिल्लाका जलविद्युत आयोजनाहरू आइपिपिहरूद्वारा विकसित
• मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेड मध्यभोटेकोसी मध्य भोटेकोसी सम्पन्न १०२०००
• भोटेकोसी पावर कम्पनी प्रा. लिमिटेड माथिल्लो भोटेकोसी खोला सम्पन्न ४५०००
• शिवश्री हाइड्रोपावर प्रा. लि. माथिल्लो चाकु ए सम्पन्न २२२००
• सुनकोसी जलविद्युत (नेपाल सरकार) सुनकोसी नदी सम्पन्न १००५०
• नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो सम्पन्न ७५००
• याम्बलिङ हाइड्रोपावर प्रा. लि. झ्याम्बलिङ खोला सम्पन्न ७२७०
• युनिक हाइडल कम्पनी प्रा. लि. बराम्ची खोला सम्पन्न ४२००
• नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड तल्लो इन्द्रावती सम्पन्न ४१५३
• गेलुङ हाइड्रोपावर कम्पनी प्रा. लि. गेलुङ सम्पन्न ३२००
• एलायन्स पावर नेपाल प्रा. लि. चाकु खोला सम्पन्न ३०००
• भैरवकुण्ड हाइड्रोपावर प्रा. लि. भैरवकुण्ड सम्पन्न ३०००
• सानिमा हाइड्रोपावर प्रा. लिमिटेड सानो सुनकोसी सम्पन्न २५००
• इलेक्ट्रो कम एण्ड रिसर्च सेन्टर प्रा. लि. झ्याँडी खोला सम्पन्न २०००
• लाफिङ बुद्ध पावर नेपाल प्रा लि. मध्य चाकु सम्पन्न १८००
• लाफिङ बुद्ध पावर नेपाल प्रा. लि. तल्लो चाकु खोला सम्पन्न १८००
• भाडा हाइड्रो लिमिटेड तल्लो सेलाङ सम्पन्न १५००
• सेन्चुरी इनर्जी प्रा. लि. हाँडीखोला सुनकोसी ए सम्पन्न ९९७
• राइजिङ हाइड्रोपावर कम्पनी लि. सेलाङ खोला सम्पन्न ९९०
• हेलम्बु कन्स्ट्रक्सन कम्पनी प्रा. लि. सानो खिम्ती खोला सम्पन्न ६८३
जम्मा २२३८४३ किवा
• कालिका इनर्जी लिमिटेड भोटेकोसी- ५ भोटेकोसी– ५ निर्माणाधीन ६२०००
• अपर बलेफी हाइड्रोपावर लिमिटेड मथिल्लो बलेफी निर्माणाधीन ४६०००
• सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड माथिल्लो नेसम निर्माणाधीन ४१४००
• बलेफी इनर्जी प्रा. लि. बलेफी खोला निर्माणाधीन ४००००
• सैलुङ पावर कम्पनी प्रा. लि. भोटेकोसी- १ निर्माणाधीन ४००००
• ब्रह्मायणी हाइड्रोपावर प्रा. लि. (प्राइभेट एकीकृत व्यापार कम्पनी प्रा. लि.) ब्रह्मायणी निर्माणाधीन ३५४७०
• सीता हाइड्रो पावर कम्पनी प्रा. लि. नेसम खोला निर्माणाधीन ३५०००
• बलेफी जलविद्युत कम्पनी लिमिटेड बलेफी निर्माणाधीन २३५२०
• मुनलाइट हाइड्रोपावर प्रा. लि. बलेफी ए निर्माणाधीन २२१४०
• सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड माथिल्लो नेसम खोला ए निर्माणाधीन २१०००
• साझा पावर डेभलपमेन्ट प्रा. लि. तल्लो बलेफी निर्माणाधीन २००००
• हिम रिभर पावर प्रा. लि. लिपिङ खोला निर्माणाधीन १६२६०
• इन्टोग्रेटेड हाइड्रो फण्ड नेपाल प्रा. लि. माथिल्लो ब्रह्मायणी निर्माणाधीन १५१५०
• देवढुङ्गा मालिका हाइड्रोपावर कम्पनी प्रा. लि. देवढुङ्गा चाकु निर्माणाधीन ३४१२
• सेन्टर फर पावर डेभलपमेन्ट एन्ड सर्भिस प्रा. लि. माथिल्लो हाँडीखोला निर्माणाधीन ९९१
जम्मा ४२२३४३ किवा
• बलेफी हाइड्रोपावर लिमिटेड (प्रा. हुआनिङ डेभलपमेन्ट प्रा. लि.) माथिल्लो बलेफी ए सुरु हुँदै ३६०००
• मिलारेपा इनर्जी प्रा. लि. सुपर मेलम्ची खोला सुरु हुँदै २३६००
• जुरिम्बा हाइड्रोपावर कम्पनी प्रा. लि. जुरिम्बा खोला सुरु हुँदै ७६३०
• मेलम्ची हाइड्रो प्रा. लि. रिबल खोला सुरु हुँदै ९९८
• इचोक हाइड्रोपावर प्रा. लि. गोहोरे खोला सुरु हुँदै ९५०
• गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी प्रा. लि. सानो घट्टे खोला सुरु हुँदै ९७०
जम्मा – ७०१४८ किवा
हेलम्बु गाउँपालिकाबाट मेलम्ची नदीको पानी सुरुङ खनेर काठमाडौँ उपत्यकामा लगिएको छ । खानेपानीले राजधानीलाई र बिजुली उत्पादनमा यो जिल्लाले राष्ट्रलाई नै आत्मनिर्भरता बनाउन सक्षम देखिन्छ । विश्वमा नै साहसिक खेल मानिएको १६० मिटर अग्लो बन्जिजम्प भोटेकोसी गाउँपालिकामा छ । प्रवाहका हिसाबले बलेफी नदी विश्वकै दोस्रो स्थानमा पर्दछ । सुनकोसी नदीको र्याफ्टिङ विश्वकै उल्लेख्य गणनालायकमा आउँछ । जलसम्पदामा नेपालका ७७ जिल्लामध्ये सिन्धुपाल्चोक ‘क’ श्रेणीमा पर्ने जिल्ला हो ।
—इतिहासमा सिन्धुपाल्चोकबाट–






