काठमाडौँ : गृह मन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत पुनः एकपटक कडा धारको अभिव्यक्ति सार्वजनिक गरेका छन्। उनले लामो समयदेखि राष्ट्रको स्रोत–साधन दुरुपयोग गर्दै आएका व्यक्तिहरू अहिले डराएको दाबी गरेका छन्।
गुरुङले आफ्नो स्टाटसमा “वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाड्नेहरू आज डराएका छन्” भन्दै मिडिया ट्रायल र प्रायोजित हल्लालाई केवल उनीहरूको छटपटी भएको उल्लेख गरेका छन्।
उनले अगाडि लेखेका छन् कि यस्ता हल्लाले कारबाही रोक्न नसक्ने र आफू पछि नहट्ने स्पष्ट संकेत दिएका छन्। साथै, दिनको ५० करोडसम्मको भ्रष्टाचार गर्नेहरू पनि अहिले दुःखी बनेको जस्तो देखिएको टिप्पणी गरेका छन्।
उनको उक्त स्टाटसले सामाजिक सञ्जालमा पुनः चर्चा चुलिएको छ भने समर्थक र आलोचकबीच बहस समेत सुरु भएको छ।







