काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेका क्षेत्रमा पनि आफ्नो संगठन विस्तार गर्ने उद्देश्यले समानुपातिक सांसदलाई खटाउने निर्णय गरेको छ।
पार्टी सचिवालयको आइतबार बसेको बैठकले जिल्ला र निर्वाचन क्षेत्रअनुसार जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो। महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार जनताको बीचमा पार्टीको उपस्थितिलाई सशक्त बनाउन र स्थानीय मुद्दामा सक्रिय सहभागिता जनाउन यस्तो कदम चालिएको हो।
रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिट जितेको थियो भने समानुपातिक प्रणालीबाट ५७ सिट प्राप्त गरेको छ। प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका क्षेत्रमा पनि पार्टीको प्रभाव कायम राख्न समानुपातिक सांसदलाई परिचालन गरिएको बताइएको छ।
पार्टीले छिट्टै खटाइएका सांसदहरूको नामावली सार्वजनिक गरेकोछ ।

खटिएका सांसदहरुकाे सुचि:







