सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ रातमाटे नजिक इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा दुई जना किशोरीलाई खोलाले बगाएको छ। आज अञ्जली गिरि (१८) र पाँचपोखरी थाङपाल गाउँपालिका–६ स्यालेकी अन्जिता ज्योति (१४) लाई नदीले बगाएको हो।
घटनापछि अञ्जली गिरिको शव मेलम्चीस्थित बाङे सिमलमुनी फेला परेको प्रहरीले जनाएको छ। अन्जिता ज्योतिको भने हालसम्म अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको बताइएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बेपत्ता ज्योतिको खोजी भइरहेको छ। नदीमा पानीको बहाव बढेका कारण उद्धार तथा खोजीमा कठिनाइ भइरहेको जनाइएको छ।







