काठमाडौं, २० वैशाख । काठमाडौंको देवीनगरस्थित धोबीखोला करिडोरमा अतिक्रमण गरेर बनाइएको एक ठुलो घर भत्काउने तयारी गरिएको छ।
सरकारले सार्वजनिक जमिन अतिक्रमण गरी निर्माण गरिएको निष्कर्ष निकालेपछि उक्त घर हटाउने प्रक्रिया अघि बढाइएको हो। हाल सुरक्षाकर्मीको उपस्थितिमा घरभित्र रहेका सामान बाहिर निकाल्ने काम भइरहेको छ।
घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ, जसले सम्भावित अवरोध नियन्त्रणमा राख्ने तयारी गरिएको जनाएको छ।
उक्त घरमा रेष्टुरेन्ट, बार, स्पा लगायतका विभिन्न व्यवसाय सञ्चालनमा रहेका थिए। केही दिनयता सामाजिक सञ्जालमा चर्चामा रहेको यो संरचना अन्ततः भत्काउने चरणमा पुगेको हो।
यसअघि पनि सोही करिडोर क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरू भत्काइसकिएको र नदी करिडोर खाली गराउने अभियानलाई निरन्तरता दिइएको अधिकारीहरूले बताएका छन्







