मेलम्ची । प्रगति अंग्रेजी माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै सिन्धुपाल्चोक जिल्लामै आफ्नो शैक्षिक सफलता कायम राख्न सफल भएको छ ।
विद्यालयका अनुसार जिल्लाभर ४.० जीपीए ल्याउने ३ जना विद्यार्थীমध्ये २ जना विद्यार्थी प्रगति अंग्रेजी माध्यमिक विद्यालयका रहेका छन् । यस वर्ष एसईईमा सहभागी १६ विद्यार्थी मध्ये ९ जनाले ३.६० भन्दा माथिको जीपीए प्राप्त गरेका छन् ।
विद्यालयले विद्यार्थीको निरन्तर मेहनत, अनुशासन र गुणस्तरीय शिक्षण पद्धतिका कारण उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ । विद्यालय परिवारले सफल विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
विद्यालयका प्रिन्सिपल ऋषि नेपाल ले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको विश्वासका कारण यो उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ उत्कृष्ट नतिजासहित विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
“Education Towards Excellence” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विद्यालयले मेलम्ची क्षेत्रमा गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गर्दै आएको जनाएको छ ।







