काठमाडौं । नेपाल प्रहरीले १ सय ४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सरुवा सूची सार्वजनिक गर्दै विभिन्न जिल्ला, कार्यालय तथा इकाइमा कार्यरत डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
सरुवा सूचीअनुसार डीएसपी अनिल गिरिलाई डोल्पामा खटाइएको छ । यस्तै, डीएसपी गणेश सापकोटाको इलाका प्रहरी कार्यालय चापाकोट, स्याङ्जामा सरुवा गरिएको छ ।
प्रहरी संगठनभित्र जनशक्ति व्यवस्थापन, कार्यसम्पादन तथा आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुचि सहित







