काठमाडौं । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिउँसै धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विपिन घिमिरेमाथि दिउँसो करिब साढे २ बजेतिर धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका प्रारम्भिक अनुसन्धानअनुसार साथी–साथीबीच भएको विवादका क्रममा उक्त घटना भएको खुलेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र छिट्टै पक्राउ गरिने एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
घटनापछि आरोपीको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको






