चौतारा। चौतारा बहुमुखी क्याम्पस को १६औँ क्याम्पस सभा तथा ८औँ साधारण सभाअन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय सकिँदासम्म कुनै पनि उम्मेदवारले नाम फिर्ता नलिएपछि अधिकांश पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन समितिद्वारा प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्ष पदमा गम्भीरलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्य पदमा इश्वरप्रसाद श्रेष्ठ, तुलसीप्रसाद दंगाल, प्रभात श्रेष्ठ र राजेन्द्रप्रसाद प्रधान निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्य पदमा रीना श्रेष्ठ निर्विरोध चयन भएकी छन् ।
उपाध्यक्ष पदका लागि भने दुई जनाको उम्मेदवारी कायम रहेको निर्वाचन समितिले जनाएको छ । उक्त पदका लागि श्यामकृष्ण श्रेष्ठ र सरोज श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदका लागि आज दिउँसोएक बजेबाट निर्वाचन हुनेछ । साथै निर्वाचनका लागि २ सय २७ जना क्याम्पस सभा सदस्य रहेकाे जनाएको छ । पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार बाँकी कार्यक्रम अगाडि बढाइनेछ। आज सम्पन्न हुने निर्वाचनका लागि उपाध्यक्ष पदका उमेदवार श्यामकृष्ण श्रेष्ठ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका साझा उमेद्वार हुन भने सराेजा श्रेष्ठ रास्वपाकाे तर्फबाट उमेदवार बनेकी छन् । यसरी निर्वाचन हुदा गठबन्धनका उमेदवार श्यामकृष्ण श्रेष्ठले ठुलाे मतान्तरले विजयी हाँसिल गर्ने देखिन्छ ।





