काठमाडौं : रसुवाबाट सुरु भएको बाढीको विपत्तिले ठूलो मानवीय क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार सात जिल्लामा गरी हालसम्म १५७ जनाको शव फेला परेको छ ।
राति ११ः०५ बजेसम्मको प्रहरी विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
बाढीको विपत्तिमा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन्। नेपाल प्रहरीले आफ्ना २८ जना कर्मचारी अझै सम्पर्कमा नआएको जनाएको छ ।
यस्तै, बाढीबाट घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना उपचाररत छन् भने ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १, नर्भिक अस्पतालमा ३ र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।







