काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व फेरिने भएको छ । प्रधानमन्त्री बालेन शाहले सुनसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।
उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त बनेको मन्त्रालयमा प्रधानमन्त्री शाहले साहलाई अघि सारेका हुन् । साहको नाम नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
यादवको बहिर्गमनसँगै नयाँ मन्त्रीको खोजीमा रहेका प्रधानमन्त्री शाहले साहलाई रोजेका हुन् । अब राष्ट्रपति कार्यालयबाट नियुक्ति प्रक्रिया पूरा भएपछि साहले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
यससँगै शाह नेतृत्वको सरकारमा उद्योग मन्त्रालयको नेतृत्व परिवर्तन हुने भएको छ ।







